शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाको काठमाडौँ जिल्ला समिति पुनर्गठन

शनिबार, १८ कात्तिक २०८०, २१ : ४०
शनिबार, १८ कात्तिक २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको काठमाडौँ जिल्ला समिति पुनर्गठन भएको छ । शनिबार काठमाडौँ ढल्कोस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित भेलाले अजित पुतुवारको अध्यक्षतामा २८ सदस्यीय समिति पुनर्गठन गरेको हो ।

समितिको उपाध्यक्षमा श्रीजनमान श्रेष्ठ, महेश अधिकारी, सचिव विमल पौडेल, सहसचिव विनु श्रेष्ठ, रोजी अवाले रहेका छन् । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न पुनर्गठन कार्यक्रममा बागमती प्रदेश इन्चार्ज सुशीला श्रेष्ठ, केन्द्रीय नेताहरू लालबहादुर तामाङ, राधाकृष्ण महर्जन,सोनाम लामालगायतको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप