बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद् बैठक बस्दै, भूकम्पपीडितको राहतबारे छलफल हुने

आइतबार, १९ कात्तिक २०८०, ०६ : ५२
आइतबार, १९ कात्तिक २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।  आज बिहान ८ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको हो । 

प्रधानमन्त्री प्रचण्डका संयोजक सूर्यकिरण शर्माका अनुसार भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

भूकम्पबाट अहिलेसम्म जाजरकोट  र पश्चिम रुकुममा गरी १५७ जनाको मृत्यु भइसकेको छ भने २५३ जना घाइते भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप