शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्पबाट अवरुद्ध सडक खुला

आइतबार, १९ कात्तिक २०८०, १० : ४८
आइतबार, १९ कात्तिक २०८०

जाजरकोट । शुक्रबार रातिको भूकम्पबाट अवरुद्ध भएका जाजरकोट तथा रुकुम पश्चिमका सडक सञ्चालन भएका छन् । सडक डिभिजन चौरजहारी र भेरी करिडोरको प्रयासमा सडक खुलाएको हो ।

भेरी करिडोरको जाजरकोट खलङ्गाबाट नलगाडसम्मको सडक खुलाइएको छ । त्यस्तै सडक डिभिजन चौरजहारीले जिल्लाका अन्य सडकसमेत खुलाएको छ ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाभित्रका सडकसमेत खुलाएको छ । राहत तथा उद्धारमा सहजता ल्याउनका लागि तत्काल सडक सञ्चालन गरिएको सडक डिभिजन चौरजहारीका प्रमुख ई तेजस्वी शर्माले जानकारी दिइन् ।

राहत तथा पुनःस्थापनाका लागि सडक पहिलो आधार भएकाले तत्काल सडक खुलाइएको हो । मध्यपहाडी लोकमार्गमा रहेका सडकसमेत खुलाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप