राजनीति
कांग्रेसले सार्यो महासमिति बैठक
आइतबार, १९ कात्तिक २०८०, १२ : १५

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ । आइतबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्कराहीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिर २९ देखि महासमिति बैठक गर्ने निर्णय गरेको हो ।
यसअघि मंसिर १३ देखि १५ गतेका लागि तोकिएको थियो । एक पदाधिकारीका अनुसार महासमिति बैठक मङ्सिर २९ देखि पुस २ हुने भएको छ ।
कांग्रेसले महासमिति सदस्य छनोट गर्न बाँकी ४३ क्षेत्रीय कार्यसमितिलाई कात्तिक २४ का लागि डेटलाइन दिएको छ । निर्वाचित समितिका सदस्य सचिव श्रेष्ठका अनुसार अहिलेसम्म १२२ निर्वाचन क्षेत्रमा प्रतिनिधि छनोटको काम सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल
-
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
-
सिरहामा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु
-
मुकुल ढकाल नै महामन्त्री भएको पत्र सार्वजनिक भएपछि रास्वपाले उठायो आयोगको भूमिकामाथि प्रश्न
-
इजरायल–इरान युद्ध : नेपालीको उद्धारका लागि यस्तो छ सरकारको तयारी