शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सांसद पौडेलले एक महिनाको तलब भूकम्प पीडितलाई दिने

आइतबार, १९ कात्तिक २०८०, १२ : ५१
आइतबार, १९ कात्तिक २०८०

काठमाडौँ । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले जाजरकोट भूकम्प पीडितको राहत र पुनःस्थापनाका लागि सरकारको कोषमा आफ्नो एक महिनाको तलब दिने भएका छन् । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा निकै ठूलो मानवीय एवं भौतिक क्षति पुगेको छ । भूकम्पमा परी कैयौं नागरिकले ज्यान गुमाएका छन्, सैयौं घाइते भएका छन् ।

‘विपत्तिको समयमा भूकम्पले क्षति पुर्‍याएका ठाउँमा मानवीय उद्धारको कामलाई अझ तीव्र बनाउँन र पुनस्र्थापनाका लागि सरकारको कोषमा संघीय सांसदको रुपमा प्राप्त हुने एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गर्दछु’ सांसद पौडेलले भनेका छन् । 

उनले राहत तथा सहयोगका लागि सहयोगी मन भएका सम्पूर्णमाअनुरोध समेत गरेका छन् । सांसद पौडेलले भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभ कामना गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप