भूकम्पबाट ११ जिल्ला प्रभावित, १५७ को मृत्यु, २५६ घाइते
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा ११ जिल्ला प्रभावित भएका छन् । भूकम्पमा परि हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । एघार जिल्लाहरू क्रमशः जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला र प्युठान भूकम्पबाट प्रभावित बनेको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका अनुसार केन्द्रबिन्दु जाजरकोटमा मात्रै एकसय ५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । आज १२ बजेसम्मको अवस्था अनुसार भूकम्पमा परि दुई सय ५६ जना घाइते भएका छन् । भूकम्पले ९ सय ३२ घरमा पूर्ण क्षति र दुई हजार आठसय ३८ वटा घरमा आंशिक क्षति भएको छ ।
जाजरकोटमा मात्रै एक सय १२ जना घाइते, ९ सय ५ वटा घरमा पूर्ण क्षति र दुई हजार ६ सय ८५ घरमा आंशिक क्षति भएको छ । रुकुम पश्चिममा भने ५२ जनाको मृत्यु, एक सय ३२ जना घाइते भएका छन् । रुकुम पूर्वमा १९ वटा घरमा आंशिक क्षति भएको छ । सल्यानमा भने दुई जना घाइते भएका छन् भने २५ वटा घरमा पूर्ण क्षति र ९७ वटा घरमा आंशिक क्षति भएको छ ।
मन्त्रालयका अनुसार रोल्पामा एक जना, दैलेखमा तीन जना, बैतडीमा तीन जना र जुम्लामा तीन जना घाइते भएका छन् । नवलपरासी पूर्व, दैलेख, दाङ र प्युठानमा क्रमश : एक–एक, ६ र २९ वटा घरहरूमा आंशिक क्षति पुगेको छ । दैलेख र बैतडीमा भने एक÷एक घरमा पूर्ण क्षति भएको छ ।
भूकम्प प्रभावित जिल्लामा नेपाल प्रहरीका आठ सय ७४ जना, सशस्त्रका चार सय ८५ जना र सेनाका दुई सय दुई जना परिचालित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण