महसुल नबुझाएपछि कास्की कारागारको लाइन काटियो
आइतबार, १९ कात्तिक २०८०, १४ : २९
पोखरा । विद्युत् महसुल नबुझाएपछि कास्की कारागार कार्यालयको लाइन काटिएको छ । पटक पटक ताकेता गर्दा पनि शुल्क बक्यौता नतिरेपछि लाइन काट् बाध्य भएको पोखरा वितरण प्रमुख राजीवसिंहले जानकारी दिए । आइतबार बिहानदेखि लाइन काटिएको हो ।
कारागारले २०लाख हाराहारी बक्यौता तिर्न बाँकी छ । यसअघि गण्डकीका मन्त्रालय र मन्त्री निवास सहित १२ सरकारी कार्यालयको लाइन काटिएको थियो । उनीहरूले बक्यौता तिरेपछि पुनः जोडिएको छ ।
केन्द्रले ६० दिनभन्दा बढी बक्यौता भएको ग्राहकको लाइन काट्ने अभियान चलाएको छ । केही दिनअघि नै लाइन काट्ने तयारी थियो । तर कारागार कार्यालयले समय मागेपछि रोकिएको हो ।
अहिले केन्द्रले १ सय ७ ग्राहकको लाइन काटेको छ । यी ग्राहकले १२ लाख ९९ हजार भन्दा बढी शुल्क तिर्न बाँकी छ । शनिवार पनि ४७ ग्राहकले ५ लाख ३८ हजार शुल्क र जरिवाना बुझाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण