बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एक्सले ल्यायो एआई च्याट टूल

आइतबार, १९ कात्तिक २०८०, १४ : ४५
आइतबार, १९ कात्तिक २०८०

क्यालिफोनिर्या । सामाजिक सञ्जाल कम्पनी एक्सले एआई च्याट टूल ल्याएको छ । एआई च्याटबोट ग्रोकको परीक्षण शुरु गरिएको कम्पनीका मालिक एलन मस्कले बताएका छन् । अहिलेका लागि प्रिमियम प्रयोगकर्तालाई मात्रै यसमा पहुँच दिइनेछ । यो टूल अहिले बेटा परीक्षणमा भएको बताइएको छ ।

के हो एक्सको ग्रोक ?

यो टूल पनि गुगल बार्ड र च्याटजीपीटी जस्तै कुराकानी गर्न मिल्ने एआई टूल हो । ग्रोक चाँहि एक्सको पहिलो एआई च्याट टूल हो । यसबाट एक्समा शेयर गरिएका जानकारीहरुलाई रियल टाइममा पहुँच बनाउन सकिने छ भने यसले प्रयोगकर्ताहरुले सोधेको प्रश्नको उत्तर पनि दिन सक्नेछ । 

यो टूलले व्यंग्य पनि मन पराउने बताइएको छ । यसले प्रयोगकर्ताहरुले सोधेको प्रश्नको निकै सटीक तरिकाले जवाफ दिन सक्ने मस्कको भनाइ छ । तर यसले केही जवाफ भने दिने छैन । ‘जस्तै तपाईले लागू औषध बनाउने तरिका सोध्नु भयो भने यसले जवाफ दिन अस्वीकार गर्नेछ,’ यसको उदाहरणमा मस्कले भनेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप