बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिविको निमित्त उपकुलपतिमा भुसाल

आइतबार, १९ कात्तिक २०८०, १६ : ०५
आइतबार, १९ कात्तिक २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् । 

त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाको चारवर्षे कार्यकाल यही कात्तिक १७ गते सकिएकाले प्रधानमन्त्री एवं त्रिविका कुलपति दाहालले भुसाललाई बढीमा तीन महिनाका लागि सो पदमा आज नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप