पोखराबाट पनि ६ जना जुवाडे पक्राउ
आइतबार, १९ कात्तिक २०८०, १६ : ३४
पोखरा । तास खेलिरहेको अवस्थामा पोखराबाट ६ जना जुवाडे पक्राउ परेका छन् । कास्की प्रहरीले आइतबार पोखरा ४ मानवअधिकार चोकस्थित यमबहादुर गुरुङले सञ्चालन गरेको किराना पसलबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा १५ रामबजारका ३२ वर्षीय यमबहादुर गुरुङ, पोखरा १० फूलबारीका ३६ वर्षीय भोजबहादुर गुरुङ, राबजारकै गुमान गुरुङ छन् । यस्तै, पोखरा १ बगरका ४८ वर्षीय ज्योतिन्द्र विक, पोखरा १५ फलेपाटनका ५० वर्षीय बमबहादुर पुन र पोखरा १७ घारिपाटनकी ४० वर्षीय शान्ति गुरुङलाई पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट ४६ हजार ९ सय ७५ रुपैयाँ बरामद भएको छ । सबैलाई ७ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको कास्की प्रहरी प्रबक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण