जन्मदिनमा कोहलीको कीर्तिमान, एकदिवसीय सतकमा सचिनसँग बराबरी

काठमाडौँ । भारतीय क्रिकेट टोलीका प्रभावशाली ब्याट्सम्यान विराट कोहली आफ्नै राष्ट्रका महान खेलाडी सचिन तेन्दुल्करको कीर्तिमानसँग बराबरी गरेका छन् । ३५ औँ वर्षमा पाइला टेकेकै दिन उनले अन्तर्राष्ट्रिय क्रिकेटमा सचिनको कीर्तिमानसँग बराबरी गरेका हुन् ।
कोहलीले आईसीसी एकदिवसीय विश्वकपअन्तर्गत आइतबार खेलिएको दक्षिण अफ्रिकाविरुद्धको खेलका क्रममा सचिनको कीर्तिमानसँग बराबरी गरेका हुन् । विराटले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सचिनले प्रहार गरेको सतक सँख्यासँग बराबरी गरेका हुन् । सक्रिय खेलजीवनबाट सन्न्यास लिनुअघि सचिनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ वटा सतक बनाएका थिए । दक्षिण अफ्रिकाविरुद्धको खेलमा एक सय रन पुरा गरेपछि विराटको सतक सँख्या पनि ४९ पुगेको छ ।
विराटले दक्षिण अफ्रिकाविरुद्धको खेलमा एक सय १९ बलको सामना गरी सतक पुरा गरेका हुन् । यसक्रममा उनले १० वटा चौका पनि हिर्काएका थिए । उनले खेलको ४८.३ ओभरमा कागिसो राबडाको बलमा सतक पुरा गरेका हुन् । अब विराटले यही विश्वकपमा सचिनको कीर्तिमान तोड्ने सम्भावना बढेको छ । यसअघि गत बिहीबार खेलिएको श्रीलंकाविरुद्धको खेलमा विराट केवल १२ रनका कारण सतक पुरा गर्नबाट चुकेका थिए । उनी त्यो खेलमा ८८ रन बनाउँदै आउट भएका थिए ।
कोहलीले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ र टेस्ट क्रिकेटमा २९ वटा सतक प्रहार गरेका छन् । सचिनले भने टेस्ट र एकदिवसीय क्रिकेटलाई जोड्दा एक सयवटा सतक बनाएका छन् । सचिनले एकदिवसीय अन्तर्राष्ट्रियमा ४९ र टेस्ट क्रिकेटमा ५१ वटा सतक बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्याम र दिव्या ‘मिस्टर र मिस एसइई सुपर मोडल’ घोषित
-
आगामी बजेटले तीन करोडभन्दा कमका आयोजना नराख्ने नीतिलाई अनुसरण गरेकाे छ : अर्थमन्त्री
-
‘नेपालमा हिरा किन्दा भारतभन्दा १८ प्रतिशत महँगो’
-
विगतकै निरन्तरताभन्दा माथि उठ्न सकेन कर्णालीको बजेट, आकर्षक बनाउन नयाँ नारा
-
इजरायलका रक्षामन्त्रीले इरानलाई दिए यस्तो चेतावनी
-
सिड्नीमा ‘नेपाली बहुसांस्कृतिक केन्द्र’ निर्माणका लागि आध्यात्मिक महोत्सवको घोषणा