जन्मदिनमा कोहलीको कीर्तिमान, एकदिवसीय सतकमा सचिनसँग बराबरी
काठमाडौँ । भारतीय क्रिकेट टोलीका प्रभावशाली ब्याट्सम्यान विराट कोहली आफ्नै राष्ट्रका महान खेलाडी सचिन तेन्दुल्करको कीर्तिमानसँग बराबरी गरेका छन् । ३५ औँ वर्षमा पाइला टेकेकै दिन उनले अन्तर्राष्ट्रिय क्रिकेटमा सचिनको कीर्तिमानसँग बराबरी गरेका हुन् ।
कोहलीले आईसीसी एकदिवसीय विश्वकपअन्तर्गत आइतबार खेलिएको दक्षिण अफ्रिकाविरुद्धको खेलका क्रममा सचिनको कीर्तिमानसँग बराबरी गरेका हुन् । विराटले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सचिनले प्रहार गरेको सतक सँख्यासँग बराबरी गरेका हुन् । सक्रिय खेलजीवनबाट सन्न्यास लिनुअघि सचिनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ वटा सतक बनाएका थिए । दक्षिण अफ्रिकाविरुद्धको खेलमा एक सय रन पुरा गरेपछि विराटको सतक सँख्या पनि ४९ पुगेको छ ।
विराटले दक्षिण अफ्रिकाविरुद्धको खेलमा एक सय १९ बलको सामना गरी सतक पुरा गरेका हुन् । यसक्रममा उनले १० वटा चौका पनि हिर्काएका थिए । उनले खेलको ४८.३ ओभरमा कागिसो राबडाको बलमा सतक पुरा गरेका हुन् । अब विराटले यही विश्वकपमा सचिनको कीर्तिमान तोड्ने सम्भावना बढेको छ । यसअघि गत बिहीबार खेलिएको श्रीलंकाविरुद्धको खेलमा विराट केवल १२ रनका कारण सतक पुरा गर्नबाट चुकेका थिए । उनी त्यो खेलमा ८८ रन बनाउँदै आउट भएका थिए ।
कोहलीले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ र टेस्ट क्रिकेटमा २९ वटा सतक प्रहार गरेका छन् । सचिनले भने टेस्ट र एकदिवसीय क्रिकेटलाई जोड्दा एक सयवटा सतक बनाएका छन् । सचिनले एकदिवसीय अन्तर्राष्ट्रियमा ४९ र टेस्ट क्रिकेटमा ५१ वटा सतक बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण