आरके शर्मा नेतृत्वको एनआरएनए राहत लिएर भूकम्प प्रभावित क्षेत्रमा

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष राजेन्द्रकुमार शर्मा (आरके) नेतृत्वको टोली भूकम्प प्रभावित क्षेत्रमा उद्दारका लागि प्रस्थान गरेको छ । राहतसमाग्रीसहितको टोली आइतबार भूकम्प प्रभावित जिल्ला जाजरकोट प्रस्थान गरेको हो ।
१० करोडको विपद् कोष बनाउने घोषणा गरेको एनआरएनएले आवश्यक पर्ने त्रिपाल, कम्बलसहित जाजरकोट प्रस्थान गरेको महासचिव बुद्धिसागर सुवेदीले जानकारी दिए । यसअघि शनिबार जूममार्फत एनआरएनका पदाधिकारी तथा विभिन्न अभियन्ताहरुले विपद् उद्दार कोषमा सहयोग गर्ने रकम पनि घोषणा गरेका थिए ।
जसमा अध्यक्ष शर्माले २१ लाख, महासचिव सुवेदीले १९ लाख कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले १७ लाख, निवर्तमान अध्यक्ष कुल आचार्यले ५ लाख ५५ हजार ५ सय ५५सहित विभिन्न व्यक्तिहरुले रकम सहयोग गर्ने घोषणा गरेका थिए ।
एनआरएनले भूकम्प प्रभावित क्षेत्रमा विज्ञसहितको टोली लिएर गएपछि भूकम्प प्रभावित क्षेत्रको राहत वितरण तथा उद्दार कार्यमा सरकारलाई सघाउने अध्यक्ष शर्माले जानकारी दिए ।
सरकारले एकद्वार प्रणालीमार्फ राहत वितरण लगाएतका कामहरु गर्ने बताएकाले सरकारको नियम अनुसार नै आफूहरुले काम गर्ने पनि अध्यक्ष शर्माको भनाई छ । यस्तै एनआरएनएको बद्री केसी समूह पनि आइतबार नै राहतसहित प्रभावित क्षेत्रमा गइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर