३७औँ क्यास्सी सम्मेलन काठमाडौँमा सुरु, दुई दर्जनभन्दा बढी देशका व्यवसायी सहभागी
काठमाडौँ । आजदेखि काठमाडौँमा कन्फेडेरेशन अफ एसिया प्यासिफिक चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (क्यास्सी) सम्मेलन सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा दुई दिने सम्मेलन सुरु भएको हो ।
क्यास्सीमा एसिया-प्यासिफिक क्षेत्रका २८ देशका व्यवसायी महासंघ सदस्य छन् । ३७ औँ सम्मेलनमा सहभागी हुनसमेत यी देशका प्रतिनिधि नेपाल आएका छन् । यसअघि सन् २०१२ मा काठमाडौँमा नै क्यास्सीको २६औँ सम्मेलन भएको थियो ।
सम्मेलनमा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले सम्मेलनमा उपस्थित सबै प्रतिनिधिलाई नेपालमा लगानीको आह्वान गरे । उनले भने, 'नेपाल सम्भावनाको क्षेत्र हो । चीन र भारतको बिचमा रहेकाले नेपालमा लगानीको पर्याप्त सम्भावना छ ।'
भूकम्पका कारण र कोरोना महामारीका कारण नेपालमा पर्याप्त लगानी नभएकाले लगानीको सम्भावना रहेको ढकालको भनाई छ । आजदेखि सुरु भएको सम्मेलनमा दक्षिण एसिया, पूर्व एसिया, मध्य एसिया र अस्ट्रेलिया क्षेत्रबाट प्रतिनिधि आएका छन् । सम्मेलनमा क्यास्सीका अध्यक्ष पिटर म्याकमुलिन एमले नेपालमा लगानीको उच्च सम्भावना रहेकोमा दुई मत नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण