जुवातास खलिरहेका १३ जना पक्राउ
काठमाडौँ । प्रहरीले कैलाली र बाँकेबाट जुवातास खेलिरहेका १३ जना पक्राउ गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका-३ ब्लु स्टार होटलमा जुवातास खेलिरहेको अवस्थामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-१ घर भएका ३५ वर्षीय हेमराज अवस्थी समेत ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ६ सय ५६ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको बताइएको छ ।
यता बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१० भृकुटिनगर बस्ने निर्मल थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय आकाश सिंह ठकुरी समेत १० जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ९ सय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण