नेपालमा लगानी बढाउन एसिया–प्रशान्त क्षेत्रका लगानीकर्ताहरुलाई अध्यक्ष ढकालको आग्रह
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एसिया–प्रशान्त क्षेत्रका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । एसिया–प्रशान्त चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (क्यासी)को ३७ औँ सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानी बढाउन आग्रह गरेका हुन् ।
नेपाली अर्थतन्त्रले ठुला प्राकृतिक प्रकोप र विश्वव्यापी आर्थिक धक्कालाई थेगेर बृद्धितर्फ उन्मुख रहेको बताउँदै अध्यक्ष ढकालले आत्मविश्वासका साथ लगानी बढाउन सकिने समय आएको बताए । पर्याप्त विदेशी मुद्रा सञ्चिति र बैङ्किग क्षेत्रमा पर्याप्त तरलता रहेकाले लगानिकर्ताहरुका लागि जोखिम कम हुँदै ढकालको भनाई छ । उनले ऊर्जा, पर्यटन, कृषि प्रशोधन, आइसीटी, औषधि र जडीबुटी क्षेत्रमा लगानी बढाउन आग्रह गरेका हुन् ।
नेपालको जलविद्युतलाई नवीकरणीय ऊर्जा गणनामा समावेश गर्ने भारतको हालैको निर्णय र बंगलादेशको आर्थिक वृद्धिले जलविद्युतको प्रचुर बजार सृजना भएको उल्लेख गर्दै अध्यक्ष ढकालले जलविद्युत परियोजनामा लगानीका अवसर छोप्नुपर्ने समय आएको बताए । यसैगरी विश्वस्तरीय होटल र विमानस्थल लगायत पर्यटन पूर्वाधार बनिसकेकोले पर्यटन बजारले थप निजी लगानी खोजिरहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।
नेपालले दक्षिण एसिया, एसिया प्यासिफिक क्षेत्र र त्यसभन्दा बाहिर भौतिक पूर्वाधार र डिजिटल कनेक्टिभिटी विस्तार गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले डिजिटल अर्थतन्त्रको विकासमा साझेदारीका लागि समेत आग्रह गरे । महासंघले लगानीका अवसरहरूको खोजी गर्न र लगानीमा हुने अवरोध हटाउन लगानीकर्ताहरुलाई सहयोग गर्न तयार रहेको तर्फ पनि अध्यक्ष ढकालले विश्वस्त रहन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण