विदुर नगरपालिकाको राजश्व ३९ प्रतिशतले बढ्यो
काठमाडौँ । नुवाकोटको सदरमुकाम विदुर नगरपालिकाको आन्तरिक राजश्व ३८.९३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको तुलना चालू आर्थिक वर्षको कात्तिक महिनासम्ममा झन्डै ३९ प्रतिशतले आन्तरिक राजश्व बढेको हो ।
नगरपालिकाका अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को कात्तिक महिनासम्मको अवधिमा १ करोड ५४ लाख ६० हजार ५२९ रुपैयाँ राजश्व सङ्कलन भएको छ । गत आर्थिक वर्षको यही अवधिमा जम्मा १ करोड ११ लाख २८ हजार ६२८ रुपैयाँ राजश्व उठेको थियो ।
चालू आर्थिक वर्षमा उठेको राजश्व गत आर्थिक वर्षको यही अवधिको तुलनामा ४३ लाख ३१ हजार ९०१ रुपैयाँ बढी हो । नगरपालिकाले विभिन्न १८ शीर्षकमा राजश्व उठाउँदै आइरहेको छ । जसमध्ये विज्ञापन कर ५११ प्रतिशतले बढेको छ भने जग्गा पास कर १२१ प्रतिशतले बढेको छ ।
यस्तै, १८ शीर्षकमध्ये साना सवारी साधन कर शत प्रतिशतले घटेको छ भने शिक्षा क्षेत्रको शुल्क तथा दस्तुर ५४ प्रतिशतले घटेको छ । यसबाहेक, ४ शीर्षकको कर सङ्कलन भने शून्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण