शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प

सोमबार, २० कात्तिक २०८०, १६ : ३६
सोमबार, २० कात्तिक २०८०

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएकाे छ । सोमबार अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएकाे भूकम्पको तीव्रता ५.८ म्याग्निच्युडको रहेको थियो ।  

भूकम्पको धक्का काठमाडौँसमेत छिमेकी राष्ट्र भारतसम्म महसुस गरिएको थियो । गत शुक्रबार राति रामिडाँडा केन्द्रिबन्दु भएरै ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परेर १ सय ५३ जनाको मृत्यु भएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप