शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

रामिडाँडा केन्द्रबिन्दु भएर फेरि भूकम्प गएपछि जाजरकोटमा त्रास (तस्बिरहरु)

सोमबार, २० कात्तिक २०८०, १६ : ५०
सोमबार, २० कात्तिक २०८०

जाजरकोट । फेरि भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको छ । शुक्रबार गएको भूकम्पको त्रास नसकिँदै रामिडाँडा केन्द्रविन्दु भएर सोमबार अपराह्न ५.८ म्याग्निच्युडको अर्को भूकम्प गएपछि त्रास फैलिएको हो ।

सोमबार अपरान्ह चार बजेर ३१ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौँसम्म महशुस गरिएको थियो । सोमबार पुनः भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको त्यहाँस्थित रातोपाटी सम्वाददाता पंखबहादुर शाहीले जनाएका छन् । 

उनले भने, ‘पुन: भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको छ । मानिसहरु घरबाट बाहिर निस्केर सुरक्षित स्थानतर्फ हिँडेका छन् ।’ यसैगरी अपरान्ह ४ बजेर ४० मिनेटमा ४ दशमलव ५ म्याग्निच्यूडको अर्को धक्का पनि गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

यसअघि शुक्रबार रामीडाँडा नै केन्द्रविन्दु भएर ६.४ म्याग्निुच्युडको भूकम्प गएको थियो ।

jajarkot-earthqake (2)jajarkot-earthqake (3)jajarkot-earthqake (4)jajarkot-earthqake (5)jajarkot-earthqake (6)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप