जाजरकोट भूकम्प
रामिडाँडा केन्द्रबिन्दु भएर फेरि भूकम्प गएपछि जाजरकोटमा त्रास (तस्बिरहरु)
सोमबार, २० कात्तिक २०८०, १६ : ५०
जाजरकोट । फेरि भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको छ । शुक्रबार गएको भूकम्पको त्रास नसकिँदै रामिडाँडा केन्द्रविन्दु भएर सोमबार अपराह्न ५.८ म्याग्निच्युडको अर्को भूकम्प गएपछि त्रास फैलिएको हो ।
सोमबार अपरान्ह चार बजेर ३१ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौँसम्म महशुस गरिएको थियो । सोमबार पुनः भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको त्यहाँस्थित रातोपाटी सम्वाददाता पंखबहादुर शाहीले जनाएका छन् ।
उनले भने, ‘पुन: भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको छ । मानिसहरु घरबाट बाहिर निस्केर सुरक्षित स्थानतर्फ हिँडेका छन् ।’ यसैगरी अपरान्ह ४ बजेर ४० मिनेटमा ४ दशमलव ५ म्याग्निच्यूडको अर्को धक्का पनि गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि शुक्रबार रामीडाँडा नै केन्द्रविन्दु भएर ६.४ म्याग्निुच्युडको भूकम्प गएको थियो ।
_344aDlOJ0e.jpg)
_MsFRFJW0ON.jpg)
_aV778uknWB.jpg)
_f1tUnNRKsw.jpg)
_rWiFaTK0CT.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण