महोत्तरीमा एनमबी बैंक लुट्ने खोज्ने एक जना कारागार चलान
जनकपुरधाम । महोत्तरीमा हतियार देखाउँदै एनमबी बैंक लुट्न खोज्ने एक जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
सोमबार जिल्ला अदालत महोत्तरीले बैंक लुट्ने धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका २ मुखियापट्टी बस्ने वर्ष २२ वर्षीय अनरजीत रामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
थुनछेक बहस पश्चात् उनलाई कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी एवं प्रवक्ता दिलिपकुमार गिरिले जानकारी दिए । उनलाई जलेश्वर कारागार महोत्तरीमा पठाइएको प्रहरीले जनाएको छ ।
रामसहितले गत जेठ १६ गते दिउँसो १२ बजेर ३५ मिनेटमा महोत्तरीको महोत्तरी गाउँपालिका २ महोत्तरी बजारस्थित एनमबी बैंकबाट हतियार देखाएर १५ लाख रुपैयाँ लुटेका थिए ।
बैंक लुटपाट घटनामा अहिलेसम्म दुईजना पक्राउ परिसकेका छन् । पक्राउ परेकामध्ये एक जनालाई यसअघि नै पक्राउ गरी अदालतको आदेशमा पुर्पक्षको लागि कारागारमा पठाइसकेको छ । उक्त घटनामा संलग्न अन्य अपराधीहरु पनि ट्र्याक भइसकेको डीएसपी गिरिले बताए । उनीहरूलाई पनि छिट्टै पक्राउ गरी सार्वजनिक गरिने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण