बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीमा एनमबी बैंक लुट्ने खोज्ने एक जना कारागार चलान

सोमबार, २० कात्तिक २०८०, १८ : २१
सोमबार, २० कात्तिक २०८०

जनकपुरधाम । महोत्तरीमा हतियार देखाउँदै  एनमबी बैंक लुट्न खोज्ने एक जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । 

सोमबार जिल्ला अदालत महोत्तरीले बैंक लुट्ने धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका २ मुखियापट्टी बस्ने  वर्ष २२ वर्षीय अनरजीत रामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । 

थुनछेक बहस पश्चात् उनलाई कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी एवं प्रवक्ता दिलिपकुमार गिरिले जानकारी दिए । उनलाई जलेश्वर कारागार महोत्तरीमा पठाइएको प्रहरीले जनाएको छ ।

रामसहितले गत जेठ १६ गते दिउँसो १२ बजेर ३५ मिनेटमा महोत्तरीको महोत्तरी गाउँपालिका २ महोत्तरी बजारस्थित एनमबी बैंकबाट हतियार देखाएर १५ लाख रुपैयाँ लुटेका थिए । 

बैंक लुटपाट घटनामा अहिलेसम्म दुईजना पक्राउ परिसकेका छन् । पक्राउ परेकामध्ये एक जनालाई यसअघि नै पक्राउ गरी अदालतको आदेशमा पुर्पक्षको लागि कारागारमा पठाइसकेको छ । उक्त घटनामा संलग्न अन्य अपराधीहरु पनि ट्र्याक भइसकेको डीएसपी गिरिले बताए । उनीहरूलाई पनि छिट्टै पक्राउ गरी सार्वजनिक गरिने उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप