विश्वकपमा छनोट हुने नेपाली क्रिकेट टोलीलाई ५० लाख रुपैयाँबाट सम्मानित गरिने
काठमाडौँ । आईसीसी टी–२० विश्वकप छनोटमा उत्कृष्ट खेल प्रदर्शन गर्दै सन २०२४ मा वेष्ट इन्डिज र अमेरिकामा सञ्चालन हुने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिताका लागि छनोट हुन सफल राष्ट्रिय क्रिकेट टोलीलाई ५० लाख नगद पुरस्कारबाट सम्मानित गरिने भएको छ । नेपाल क्रिकेट संघको सोमबार सम्पन्न केन्द्रीय कार्य समिति बैठकले सो निर्णय गरेको छ ।
सचिव पारस खड्काका अनुसार बैठकले प्रतियोगिताको फाइनल खेलमा बिक्री भएको टिकटबाट सङ्कलित कुल रकमको ५० प्रतिशतले हुन आउने रकम हालै जाजरकोटमा गएको भूकम्पबाट पीडितहरूको उद्धारको लागि सहयोग स्वरूप उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
यसैगरी हालै मलेसियामा सम्पन्न एसीसी यू–१९ मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा विजयी भई यही जनवरी २०२४ मा सञ्चालन हुने यू-१९ एसिया कपमा छनोट हुन सफल यु १९ राष्ट्रिय क्रिकेट टोलीका सम्पूर्ण सदस्यहरूलाई प्रोत्साहन स्वरूप जनही रु ५० हजारका दरले नगद पुरस्कार उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।
त्यस्तै क्रिकेट हङकङ चाइनाको आयोजनामा यही नोभेम्बर १५ देखि १९ सम्म ४ राष्ट्रहरूका महिला क्रिकेट टिमहरूबिच सञ्चालन हुने हङकङ वुमन्स टी-२० शृङ्खलामा सहभागिताका लागि निमन्त्रणा प्राप्त भएको हुँदा उक्त प्रतियोगितामा राष्ट्रिय महिला क्रिकेट टोलीलाई सहभागी हुन पठाउने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण