दोस्रो पटकको भूकम्पमा १६ जना घाइते, एक शव अझै बुझाउन बाँकी
जाजरकोट । जाजरकोटमा सोमबार गएको पराकम्पबाट १६ जना घाइते भएका छन् । प्रदेशको शान्ति सुरक्षाका शाखाको विवरण अनुसार रुकुम पश्चिममा १० जना घाइते भएका छन् भने जाजरकोटमा ६ जना घाइते भएका छन् ।
अपराह्न ४ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ५.८ रेक्टरको भूकम्प गएको थियो । घाइते हुनेमा आठबिसकोट नगरपालिकाका मात्रै ६ जना रहेका छन् ।
यस्तै भेरी नगरपालिका–१ रावत गाउँकी एक महिला घरको माथिल्लो तलाबाट हाम फाल्दा घाइते भएकी थिइन् । काखमा छोरी च्यापेर हाफ फालेकी उनको उपचार भइरहेको छ । छोरी भने सकुशल छिन् ।
यो सँगै भूकम्पबाट घाइतेहरूको संख्या ३५७ जना पुगेको छ । घाइते हुने जाजरकोटका १४५ जना रहेका छन् भने रुकुम पश्चिमका २०० जना रहेका छन् ।
यस्तै दैलेखका ३, जुम्लाका चार, सल्यानका २ र कालिकोटका एक जना छन् ।
घाइतेहरुमध्ये २४३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी ११४ जनाको उपचार भइरहेको छ । डिस्चार्ज हुनेमा जाजरकोटका ८१, रुकुम पश्चिमका १५१, दैलेखका २, जुम्ला, सल्यान र कालिकोटका सबै जना रहेका छन् ।
जाजरकोटका ३२ जना घाइतेहरूको उपचार बाँकेको भेरी अस्पतालमा भइरहेको छ । जसमा ५ जना गम्भीर घाइतेहरू छन् । प्रदेश अस्पताल सुर्खेतमा १२ जना र १९ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।
रुकुम पश्चिमका १३ जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ भने १५ जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । प्रदेश अस्पतालमा उपचार गराइरहेका १ जना गम्भीर घाइते छन् ।
यस्तै रुकुम जिल्ला अस्पतालमा १३ जनाको उपचार भइरहेको रेकर्ड शान्ति सुरक्षा शाखाले राखेको छ ।
दुई जिल्लामा गरि भूकम्पमा परी १५३ जनाको मृत्यु भएको छ । त्यसमध्ये अझै पनि एक जनाको शव बुझाउन बाँकी रहेको छ । शान्ति सुरक्षा शाखाको बिहान ८ बजेसम्मको रेकर्ड अनुसार शव बुझाउन बाँकी रहेको मृतक जाजरकोटका हुन् ।
बाँकी सबैजनाको शव बुझाइसकिएको र दाहसंस्कार गर्ने काम पनि सकिएको छ । भूकम्पमा परी जाजरकोटका १०१ र रुकुम पश्चिमका ५२ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण