१२ बुँदे सम्झौता पक्षधर एकताबद्ध हुनुपर्छ : माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १२ बुँदे सम्झौताका पक्षधरहरु एकतावद्ध भएमात्रै वर्तमान व्यवस्थालाई अघि बढाउन सकिने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा आफ्नो धारण राख्ने क्रममा पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले यस्तो बताएका हुन् ।
‘अहिले गठबन्धनमा खटपटको कुरा गर्ने बेला होइन, यो सरकारले अहिले गरिरहेका राम्रा कामलाई अझै बढाउन सकोस् भन्ने कुरामा हाम्रो ध्यान जानुपर्छ’, अध्यक्ष नेपालले भने, ‘भुकम्पबाट पीडित भएका जनताको उद्धार र राहतको काममा सरकार लागिरहेको पनि छ, पार्टीहरुले पनि सहयोग गरेका छन् । हामीले पनि आजै २५ लाख सहयोग गरेका छौ ।’
उनले समस्या र जनताका चाहानाका साथै यो व्यवस्थालाई बलियो बनाउने बारेमा १२ बुँदे विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका पार्टीहरु एकै ठाउँमा दृढताका साथ उभिएर व्यवस्थालाई अघि बढाउँदै लैजानुपर्ने पनि बताए ।
‘योसँगै जनताको अवस्थामा पनि आमूल परिवर्तन ल्याउने कुरामा मिलेर जानुपर्छ भनेर मैले बैठकमा विचार राखे’, बैठकबाट चाँडै निस्किएका नेपालले भने ।
साथै उनले आफू नेतृत्वको टोली आजै साँझ चीन भ्रमणमा जान लागेको र त्यसक्रममा चिनियाँ कम्युनिस्ट पार्टी लगायत विभिन्न पार्टीसँग अन्तरक्रिया गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण