बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

१२ बुँदे सम्झौता पक्षधर एकताबद्ध हुनुपर्छ : माधव नेपाल

मङ्गलबार, २१ कात्तिक २०८०, १६ : ०२
मङ्गलबार, २१ कात्तिक २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १२ बुँदे सम्झौताका पक्षधरहरु एकतावद्ध भएमात्रै वर्तमान व्यवस्थालाई अघि बढाउन सकिने बताएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा आफ्नो धारण राख्ने क्रममा पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले यस्तो बताएका हुन् । 

‘अहिले गठबन्धनमा खटपटको कुरा गर्ने बेला होइन, यो सरकारले अहिले गरिरहेका राम्रा कामलाई अझै बढाउन सकोस् भन्ने कुरामा हाम्रो ध्यान जानुपर्छ’, अध्यक्ष नेपालले भने, ‘भुकम्पबाट पीडित भएका जनताको उद्धार र राहतको काममा सरकार लागिरहेको पनि छ, पार्टीहरुले पनि सहयोग गरेका छन् । हामीले पनि आजै २५ लाख सहयोग गरेका छौ ।’

उनले समस्या र जनताका चाहानाका साथै यो व्यवस्थालाई बलियो बनाउने बारेमा १२ बुँदे विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका पार्टीहरु एकै ठाउँमा दृढताका साथ उभिएर व्यवस्थालाई अघि बढाउँदै लैजानुपर्ने पनि बताए । 

‘योसँगै जनताको अवस्थामा पनि आमूल परिवर्तन ल्याउने कुरामा मिलेर जानुपर्छ भनेर मैले बैठकमा विचार राखे’, बैठकबाट चाँडै निस्किएका नेपालले भने ।  

साथै उनले आफू नेतृत्वको टोली आजै साँझ चीन भ्रमणमा जान लागेको र त्यसक्रममा चिनियाँ कम्युनिस्ट पार्टी लगायत विभिन्न पार्टीसँग अन्तरक्रिया गर्ने बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप