शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

शर्मा नेतृत्वको एनआरएनएद्वारा जाजरकोट र रुकुम पश्चिममा राहत सामग्री वितरण

मङ्गलबार, २१ कात्तिक २०८०, १६ : ०१
मङ्गलबार, २१ कात्तिक २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमितिका अध्यक्ष आरके शर्मा नेतृत्वको टोलीले भूकम्प प्रभावितलाई राहत सामग्री वितरण गरेको छ । मंगलबार शर्मासहित उपाध्यक्ष गंगाधर गौतम, राज रेग्मी, महासचिव बुद्धिसागर सुवेदी, सचिव लोक दाहाल, युरोप संयोजक चिन्तामणि सापकोटा, युरोप महिला संयोजक गीता खनाल, पूर्व अध्यक्ष रविना थापा, पूर्व उपाध्यक्ष नरेन्द्र भाट, अभियन्ता ओम शर्मा, शनिकुमार ओलीले जाजरकोटको नलगाड नगरपालिकालाई हस्तान्तरण गरेका हुन् । 

नलगाड नगरपालिकाका निमित्त प्रकाशकीय अधिकृत बलवीर बिकलाई त्रिपाल ५०० थान, म्याट्रेस २००० मिटर, ब्ल्याङ्केट ७५० थान र चामल ५० बोरा हस्तान्तरण गरिएको अध्यक्ष शर्माले जानकारी दिए । सरकारको एकद्वार नीतिअनुसार एनआरएनएले उक्त स्थानीय तहलाई राहत सामगी हस्तान्तरण गरेको बताइएको छ । उक्त राहत सामग्री स्थानीय तहले आवश्यकताका आधारमा वितरण गर्नेछ । शर्मा नेतृत्वको टोलीले अन्य राहत सामग्री रुकुम पश्चिमसहितका भूकम्प प्रभावित क्षेत्रमा बाँड्ने बताइएको छ । 

शर्मा नेतृत्वको एनआरएनएले आइतबार काठमाडौँबाट ट्रकमा लोड गरेर राहत सामग्री प्रभावित क्षेत्रमा पठाएको थियो भने शर्मासहितका एक टोली सोमबार नेपालगन्ज हुँदै प्रभावित क्षेत्रमा पुगेको हो।  प्रभावित क्षेत्रमा जाने क्रममा टोलीले सोमबार नै भेरी अञ्चल अस्पतालमा उपचाररत भूकम्पका घाइतेहरूसँग पनि भेटवार्ता गरेको थियो भने केही आर्थिक सहयोग समेत गरेको थियो । 

राहत सामग्री बुझ्दै निमित्त प्रशासकीय अधिकृत बिकले नगरपालिकाका १३ वटै वडामा भूकम्पले क्षति पुर्‍याएको बताए । नगरपालिकामा अधिकांश घर ढुंगामाटोले बनेको ३५ सयको हाराहारीमा घरधुरी प्रभावित भएको जानकारी दिए । उनका अनुसार नगरपालिकामा घरधुरी संख्या ५ हजार ९९२ रहेकामा त्यसको लगभग ९० प्रतिशत घरहरू बस्न नमिल्ने गरी क्षति भएका छन् । 

‘तत्कालका लागि उद्धारको कार्य सम्पन्न भएको छ । नगरपालिकामा १४ जनाको मृत्यु भयो । ६८ जना घाइते भएका छन्’, उनले भने, ‘अझै पनि ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।  अब राहतको सवालमा पाल, न्यानो कपडालगायतको आवश्यकता रहेको उनले बताए । 

भूकम्पपछि मोबाइल नेटवर्कको समस्या देखिएको उल्लेख गर्दै बिकले त्यसले पनि राहत वितरणको कार्यमा कठिनाइहरू भएको बताए ।  

उनले पुननिर्माणको चरणमा धेरै सहयोग आवश्यक पर्ने भन्दै त्यसमा एनअराएनएको योगदान हुनेछ भन्ने विश्वास व्यक्त गरे ।  ‘अहिले जनताहरु बिचलित अवस्थामा हुनुहुन्छ । बालबालिका वृद्ध वृद्धा विछिप्त अवस्था हुनुहुन्छ’, उनले भने, ‘विशेषगरी पुनर्स्थापनाको कार्यमा सहयोग र सल्लाह सुझावको अपेक्षा गरेका छौँ । काउन्सिलिङको पाटो पनि खाँचो छ ।’ 

सो अवसरमा अध्यक्ष शर्माले विश्वभर रहेका नेपालीहरु मिलेर तत्काल राहत वितरणका लागि आफूहरुले राहत संकलन गरेर यहाँ आएको बताए । उनले आफूहरु भूकम्प पीडितसँगै रहेको भन्दै पुनर्निर्माणको पाटोमा पनि सक्दो सहयोग गर्ने बताए । 

यसैगरी महासचिव बुद्धि सुवेदीले तत्काल सहयोगका लागि केही सामग्रीहरू लिएर आएको भन्दै आगामी दिनमा पनि  सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘जहाँ बढी चाहिएको छ, उहाँहरूलाई यो राहत दिनुहोला’, उनले भने, ‘दीर्घकालीन रूपमा पुनर्स्थापना र ज्ञान, सिप हस्तान्तरण गर्न एनआरएनए सहयोग गर्न तयार छ । त्यसका लागि हामी सल्लाह गर्दै छौँ ।’

शर्मा नेतृत्वको टोलीले आठबिसकोट नगरपालिकामा पनि सोही अनुपातमा राहत सामग्री वितरण गरेको छ । यस्तै टोलीले भूकम्प पीडितहरुसँग पनि भेट गरेको थियो । यसैगरी  भूकम्पको केन्द्रबिन्दु रहेको रामिडाँडामा पनि ५५० थान ब्ल्याङ्केट वितरण गरिएको छ । 

भूकम्पलगत्तै आकस्मिक बैठक बसेर शर्मा नेतृत्वको एनआरएनएले १० करोडको कोष बनाउने निर्णय गरेको थियो । जसअनुसार तत्काल भूकम्प पीडितलाई सघाउने निर्णयअनुसार आरके शर्माले २१ लाख, बुद्धि सुवेदीले १९ लाख, डा केशव पौडेलले १ लाख, ठाकुर ढुंगानाले १७ लाख, अब्दुल बासिदले ५  लाख रुपैयाँ सहयोग गरेका छन् । 

यसैगरी कुल आचार्यले ५ लाख ५५ हजार ५५५, दयानिधि सापकोटाले १ लाख, खगेन्द्र न्यौपानेले ५ लाख ५ हजार, लोक दाहालले ५ लाख, तिलक गैरेले ४० हजार, कृष्णजिवी पन्तले २ लाख १११, गोविन्द श्रेष्ठले ३ लाख, अनुप खनालले ५१ हजार, भवानी तिवारी ५० हजार, सघर्षशिल केसीले ३३ हजार ३३३, चित्र सुवेदीले १ लाख, नारायण आचार्यले ५० हजार, देविका केसीले ५५ हजार ५५५, गंगाधर गौतमले १ लाख, हेम पाण्डेले ७५ हजार, 

विजय मोक्तानले ५० हजार, महेन्द्र बस्नेतले ३० हजार, बालकृष्ण मरासिनीले २५ हजार, गंगा भुुषालले ५१ हजार, गीता खनालले ५० हजार र सरिता भण्डारीले ५० हजार १५१ रुपैयाँ सहयोग गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप