काठमाडौँमा प्लास्टिकजन्य फूलमाला किनबेचमा रोक
बुधबार, २२ कात्तिक २०८०, १२ : ००

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएको छ । तिहार लक्षित गरेर घर, पसलहरू सजाउनको लागि प्लास्टिकका फूल, माला तथा सजावटका सामान किनबेचमा रोक लगाएको हो ।
त्यस्ता सामान किनबेच गरेको पाइएमा जफत गरिने काठमाडौँ महानगरले जनाएको छ । काठमाडौँ महानगरले त्यसका लागि महानगर प्रहरी नै परिचालन गरेको छ ।
पसलहरूमा त्यस्ता प्लास्टिकका सामान देखेको खण्डमा नगर प्रहरीले जफत गर्न थालेको छ । दीपावली तथा छठ पर्वमा घर, पसलहरूमा प्राकृतिक फुलहरूको प्रयोग गर्न महानगरले अनुरोध गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता
-
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा
-
देशको नाम उच्च राख्न खेलाडीको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री लामा