बिनाअनुमति उपल्लो मुस्ताङ पुगेका ६ भारतीय प्रहरीकाे नियन्त्रणमा
पोखरा । अनुमति नलिई उपल्लो मुस्ताङ पुगेका ६ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई अनुमति लिन पोखरा पठाइएको मुस्ताङ प्रहरी प्रमुख डिएसपी भोज पाण्डेले जानकारी दिए ।
‘उहाँहरूसँग अनुमति पत्र रहेनछ । सशस्त्रले नियन्त्रणमा लिएर हाम्रो जिम्मा लगायो, हामीले पोखरा फर्काइदियौँ,’ उनले भने । अध्यागमनबाट भ्रमण अनुमति लिएर मात्रै त्यहाँ जान पाइन्छ ।
उनीहरूलाई नेचुङ स्थित वीओपीमा प्रहरीले नियन्त्रणमा लिएको हो । लोमान्थाङ गाउँभन्दा माथि नेपाली नागरिक बाहेक अन्य देशका नागरिक जान पाउँदैनन् । थप प्रक्रियाका लागि काठमाडौँ पठाउने तयारी भइरहेको बताइएको छ ।
उनीहरू पहिले नेपालकै नागरिक हुन् । अहिले पूर्ण रूपमा भारतीय नागरिकता लिएका कारण नेपाली मूलका भए पनि फर्काइएको हो । भारत पश्चिम बङ्गाल स्थायी घर भएका शिवकुमार गुरुङ, बिर्सेन गुरुङ, रिकशाङ गुरुङ, दुर्गा गुरुङ, अभिषेक गुरुङ र सिद्धार्थ गुरुङलाई नियन्त्रणमा लिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण