विपद्को समयमा खानेपानी तथा सरसफाइमा ध्यान दिन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विपद्को समयमा खानेपानी तथा सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ ।
सावधानी नअपनाए झाडापखाला, हैजा, आउँ, निमोनिया, रुघा खोकी तथा टाइफाइड फैलिन सक्ने भएकाले सचेत हुन मन्त्रालयले आग्रह गरेको हो ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः४७ मा ६४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्प प्रभावित क्षेत्रमा घरबाहिर सामूहिक रूपमा बस्दा पानी तथा सरसफाइमा विशेष ध्यान दिन जनस्वास्थ्य विज्ञहरूले सुझाव दिँदै आएका छन् ।
प्राकृतिक जोखिम क्षेत्र तथा विपद्को समयमा पानी तथा सरसफाइको कमीले स्वास्थ्य समस्या आउन सक्ने भएकाले सचेत हुन मन्त्रालयले सूचनामार्फत आग्रह गरेको छ ।
यस्तै मन्त्रालयले सरुवा रोग लगायत अन्य रोगको प्रकोप फैलन नदिन लक्लोरीन कोल, ट्याबलेट हालेर वा उमालेर पानीलाई शुद्धीकरण गरी पानी पिउन आग्रह गरिएको छ ।
यस्तै मन्त्रालयले सडेगलेका, बासी र झिँगा भन्केका खाने कुराहरु नखान पनि भनेको छ । काँक्रो, गाजर, फलफूल जस्ता काँचै खान मिल्ने खानेकुरा सधैँ सफा पानीले धोएर मात्रै खान, खाना पकाउनुअघि, खाना खानुअघि, बच्चालाई खाना खुवाउनुअघि, फोहोर छोएपछि, दिसा पिसाब गरेपछि, चर्पीको प्रयोग गरेपछि र बच्चाको दिसा धोएपछि सधैँ साबुनपानीले मिचिमिची हात धुन पनि मन्त्रालयले आग्रह गरेको छ ।
यस्तै, विपद्को समयमा जथाभाबी दिसा पिसाब गर्दा महामारी जन्य सरुवा रोग सर्ने भएकाले चर्पीमा मात्रै दिसा पिसाब गर्न र बच्चाको दिसालाई पनि चर्पीमा नै विसर्जन गर्न आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण