विपद्को समयमा खानेपानी तथा सरसफाइमा ध्यान दिन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विपद्को समयमा खानेपानी तथा सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ ।
सावधानी नअपनाए झाडापखाला, हैजा, आउँ, निमोनिया, रुघा खोकी तथा टाइफाइड फैलिन सक्ने भएकाले सचेत हुन मन्त्रालयले आग्रह गरेको हो ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः४७ मा ६४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्प प्रभावित क्षेत्रमा घरबाहिर सामूहिक रूपमा बस्दा पानी तथा सरसफाइमा विशेष ध्यान दिन जनस्वास्थ्य विज्ञहरूले सुझाव दिँदै आएका छन् ।
प्राकृतिक जोखिम क्षेत्र तथा विपद्को समयमा पानी तथा सरसफाइको कमीले स्वास्थ्य समस्या आउन सक्ने भएकाले सचेत हुन मन्त्रालयले सूचनामार्फत आग्रह गरेको छ ।
यस्तै मन्त्रालयले सरुवा रोग लगायत अन्य रोगको प्रकोप फैलन नदिन लक्लोरीन कोल, ट्याबलेट हालेर वा उमालेर पानीलाई शुद्धीकरण गरी पानी पिउन आग्रह गरिएको छ ।
यस्तै मन्त्रालयले सडेगलेका, बासी र झिँगा भन्केका खाने कुराहरु नखान पनि भनेको छ । काँक्रो, गाजर, फलफूल जस्ता काँचै खान मिल्ने खानेकुरा सधैँ सफा पानीले धोएर मात्रै खान, खाना पकाउनुअघि, खाना खानुअघि, बच्चालाई खाना खुवाउनुअघि, फोहोर छोएपछि, दिसा पिसाब गरेपछि, चर्पीको प्रयोग गरेपछि र बच्चाको दिसा धोएपछि सधैँ साबुनपानीले मिचिमिची हात धुन पनि मन्त्रालयले आग्रह गरेको छ ।
यस्तै, विपद्को समयमा जथाभाबी दिसा पिसाब गर्दा महामारी जन्य सरुवा रोग सर्ने भएकाले चर्पीमा मात्रै दिसा पिसाब गर्न र बच्चाको दिसालाई पनि चर्पीमा नै विसर्जन गर्न आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन देशको मुद्राको मूल्य कति ?
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी