धनगढीमा मसिंर २२ देखि फारवेष्ट पशुपति कप हुने
बुधबार, २२ कात्तिक २०८०, १८ : ५१
धनगढी । कैलालीको धनगढीमा छैटौँ फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता हुने भएको छ ।
फारवेष्ट पशुपति युवा क्लबले आयोजनामा मंसिर २२ गतेदेखि प्रतियोगिता हुने भएको हो ।
पाचौं संस्करणको आयोजनापछि तीन वर्ष रोकिएको प्रतियोगिताको छैटौँ संस्करण मंसिर २२ देखि २९ गतेसम्म धनगढी रङ्गशालामा हुने भएको छ ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए । प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन् । सबै धनराशि जोडेर आठ लाख ७० हजार नगद पुरस्कार दिइने आयोजक फारवेष्ट पशुपति युवा क्लबले जनाएको छ ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहने क्लबका सचिव ललित मिश्रले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण