मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढीमा मसिंर २२ देखि फारवेष्ट पशुपति कप हुने

बुधबार, २२ कात्तिक २०८०, १८ : ५१
बुधबार, २२ कात्तिक २०८०

धनगढी । कैलालीको धनगढीमा छैटौँ फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता हुने भएको छ ।

फारवेष्ट पशुपति युवा क्लबले आयोजनामा मंसिर २२ गतेदेखि प्रतियोगिता हुने भएको हो ।

पाचौं संस्करणको आयोजनापछि तीन वर्ष रोकिएको प्रतियोगिताको छैटौँ संस्करण मंसिर २२ देखि २९ गतेसम्म धनगढी रङ्गशालामा हुने भएको छ । 

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए । प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन् । सबै धनराशि जोडेर आठ लाख ७० हजार नगद पुरस्कार दिइने आयोजक फारवेष्ट पशुपति युवा क्लबले जनाएको छ ।

प्रतियोगितामा १६ टिमको सहभागिता रहने क्लबका सचिव ललित मिश्रले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप