सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

स्थल अभियानमा हालसम्म ३२ इजरायली सैनिकको मृत्यु

बुधबार, २२ कात्तिक २०८०, २० : ३४
बुधबार, २२ कात्तिक २०८०

गाजा । इजरायली सेनाले गाजा पट्टीमा अक्टोबर २७ बाट सुरु भएको स्थल अभियानमा हालसम्म ३२ सैनिक मारिएको जनाएको छ । बुधबार सेनाले आफ्नो स्पेशल फोर्स युनिटका थप एक सिपाहीको मृत्यु भएको पुष्टि गरेको हो ।

इजरायली वायुसेनाको शाल्डाग युनिटका २२ वर्षीय सार्जेन्ट फर्स्ट क्लास जोनाथन चेजरको उत्तरी गाजामा भएको झडपको क्रममा मृत्यु भएको थियो ।  सेनाले आफ्ना मृतक सैनिकको सूची पनि जारी गरेको छ ।

यसले द्वन्द्व सुरु भएदेखि मारिएका ३५० इजरायली सैनिकहरूको नाम सूचीबद्ध गरिएको छ। अक्टोबर ७ मा हमासको आक्रमणमा तीमध्ये अधिकांश मारिएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप