शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पौवादुङमा गाउँपालिकाकाे वडा कार्यालय तोडफोड

बुधबार, २२ कात्तिक २०८०, २१ : ०२
बुधबार, २२ कात्तिक २०८०

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको वडा कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ । 

गए राति कार्यालयको मुख्य गेटको ताला फुटाएर कार्यालयभित्रको सामग्री तोडफोड भएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । कार्यालयभित्र रहेको प्रिन्टर, इन्भटर, दराजसँगै झ्याललगायत सामग्रीमा फुटाएको उनको भनाइ छ । 

कार्यालयमा रु एक लाख ५० हजार बराबरको क्षति भएको वडाध्यक्ष तामाङले बताए । कर्मचारी बस्ने कोठामा उक्त समूह पस्न नपाएकाले धेरै क्षति हुनबाट जोगिएको उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप