सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पोखराले रैथाने उत्पादन बेच्न हाटबजार चलाउने

बिहीबार, २३ कात्तिक २०८०, ०७ : ३३
बिहीबार, २३ कात्तिक २०८०

पोखरा । पोखरा महानगरले रैथाने उत्पादन बेच्न हाटबजार चलाउने भएको छ । महानगर र श्रीकम्प्लेक्स मिलेर शनिवार हाटबजार चलाउन लागिएको हो । हाटबजारमा स्थानीय उत्पादनका १० भन्दा बढी स्टल रहनेछन् । 

मनखुसी फाउन्डेसनले तयार गरेको हस्तकला उत्पादन,प्राप्ति प्रशान्त हस्तकलाले तयार गरेको पोते माला, आमा एग्रो प्रडक्टका स्थानीय उत्पादनका कृषि उपजहरू, सगुन हस्तकलाले तयार गरेको धागोका सामानहरू बिक्री हुने आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए । 

पुष्पाञ्जलीले तयार गरेको बिहेका सामान, कृषि सञ्जालका उत्पादन पनि बिक्री हुन्छन् । रैथाने हाटबजारमा तिहार लक्षित सेल रोटी, झिलिङ्गा, चिनिरोटी, कोदो, मकै, गहुँ, फापर लगायत तरकारी जन्य वस्तुहरू बिक्रीका लागि राखिने कडरियाले बताए । सोही अवसरमा सयपत्री फूल मेला समेत आयोजना हुने महानगरले जनाएको छ । 

यस्तै, स्थानीय उत्पादन प्रवर्द्धन सम्बन्धी देउसी भैलो गीत प्रतिस्पर्धा, फूल माला प्रदर्शनी तथा बिक्री वितरण, स्थानीय उत्पादन केन्द्रित सवाल तथा छलफल, माला तयारी प्रतिस्पर्धा हुनेछ । मेलामा स्थानीय कृषकहरूसँगको साझेदारीमा उत्पादित सयपत्री फुलहरू बिक्रीमा राखिने कडरियाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप