पोखराले रैथाने उत्पादन बेच्न हाटबजार चलाउने
पोखरा । पोखरा महानगरले रैथाने उत्पादन बेच्न हाटबजार चलाउने भएको छ । महानगर र श्रीकम्प्लेक्स मिलेर शनिवार हाटबजार चलाउन लागिएको हो । हाटबजारमा स्थानीय उत्पादनका १० भन्दा बढी स्टल रहनेछन् ।
मनखुसी फाउन्डेसनले तयार गरेको हस्तकला उत्पादन,प्राप्ति प्रशान्त हस्तकलाले तयार गरेको पोते माला, आमा एग्रो प्रडक्टका स्थानीय उत्पादनका कृषि उपजहरू, सगुन हस्तकलाले तयार गरेको धागोका सामानहरू बिक्री हुने आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए ।
पुष्पाञ्जलीले तयार गरेको बिहेका सामान, कृषि सञ्जालका उत्पादन पनि बिक्री हुन्छन् । रैथाने हाटबजारमा तिहार लक्षित सेल रोटी, झिलिङ्गा, चिनिरोटी, कोदो, मकै, गहुँ, फापर लगायत तरकारी जन्य वस्तुहरू बिक्रीका लागि राखिने कडरियाले बताए । सोही अवसरमा सयपत्री फूल मेला समेत आयोजना हुने महानगरले जनाएको छ ।
यस्तै, स्थानीय उत्पादन प्रवर्द्धन सम्बन्धी देउसी भैलो गीत प्रतिस्पर्धा, फूल माला प्रदर्शनी तथा बिक्री वितरण, स्थानीय उत्पादन केन्द्रित सवाल तथा छलफल, माला तयारी प्रतिस्पर्धा हुनेछ । मेलामा स्थानीय कृषकहरूसँगको साझेदारीमा उत्पादित सयपत्री फुलहरू बिक्रीमा राखिने कडरियाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण