भूकम्पका घाइते भेट्न टिचिङ हस्पिटल पुगे स्वास्थ्य मन्त्री बस्नेत
बिहीबार, २३ कात्तिक २०८०, ०९ : १९
काठमाडौँ। जाजरकोट र पश्चिम रुकुममा कात्तिक १७ गते आएको विनाशकारी भूकम्पमा परेर गम्भीर घाइते भएपछि थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल (टिचिङ) ल्याइएका उपचाररत घाइतेलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले भेटेका छन् ।
सरकारले भूकम्पमा परेर घाइते भएकाहरुको सबै अस्पतालमा उपचार निःशुल्क गर्ने निर्णय गरिसकेकाले सबैको निःशुल्क उपचार भइरहेको मन्त्री बस्नेतले बताए । भूकम्पमा परेर गम्भीर घाइतेहरु मध्ये त्रिवि शिक्षण अस्पतालमा १० जनाको उपचार भइरहेको निर्देशक डा.काफ्लेले जानकारी दिए ।
उपचाररत घाइतेमध्ये एक जनाको शल्यक्रिया भइसकेको, एक जनालाई आइसियुमा राखेर उपचार भइरहेको र बाकी आठजनाको पनि उपचार भइरहेको डा। काफ्लेले बताए । मन्त्री बस्नेतले आइसियुमा उपचाररत घाइते र उनका आफन्तसँग पनि भेटेर उपचार अवस्थाबारे जानकारी लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण