आजपाले आरती साहको विषयमा मानवअधिकार आयोगलाई बुझायो ज्ञापनपत्र
बिहीबार, २३ कात्तिक २०८०, १४ : ३३

काठमाडौँ । आम जनता पार्टी (आजपा)ले आरती साहको विषयमा मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएको छ । आजपा उपाध्यक्ष एवं सांसद तिलक थापाको नेतृत्वको टोलीले बिहीबार आयोगको कार्यालय पुगी पीडित परिवारको माग सुनवाइको लागि पहल गर्न दबाब दिएको हो ।
न्यायको लागि माइतीघर मण्डलामा संघर्षरत पीडित परिवारको मागप्रति ऐक्यबद्धता जनाउँदै आजपाले सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।
उपाध्यक्ष थापाले भने,‘पीडित परिवारको अटुट आत्मबल एवं संघर्ष तथा विभिन्न प्रारुपमा हामीलगायत आम न्यायप्रेमीहरुको सक्रिय साथ–सहयोगले यो आन्दोलनले सार्थकता प्राप्त गरेरै छाड्ने गहिरो अपेक्षा एवं विश्वाससहित सरकारलाई छिटै वार्ता–संवादद्वारा यसको ठोस समाधान दिन हार्दिक आग्रह गर्दछु ।’
आजपाले आरती साहलाई न्याय दिन माग गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोरा फतेहीले तताइन् हायात ग्राउन्ड, तस्बिरमा हेर्नुहोस्
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय