आजपाले आरती साहको विषयमा मानवअधिकार आयोगलाई बुझायो ज्ञापनपत्र
बिहीबार, २३ कात्तिक २०८०, १४ : ३३
काठमाडौँ । आम जनता पार्टी (आजपा)ले आरती साहको विषयमा मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएको छ । आजपा उपाध्यक्ष एवं सांसद तिलक थापाको नेतृत्वको टोलीले बिहीबार आयोगको कार्यालय पुगी पीडित परिवारको माग सुनवाइको लागि पहल गर्न दबाब दिएको हो ।
न्यायको लागि माइतीघर मण्डलामा संघर्षरत पीडित परिवारको मागप्रति ऐक्यबद्धता जनाउँदै आजपाले सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।
उपाध्यक्ष थापाले भने,‘पीडित परिवारको अटुट आत्मबल एवं संघर्ष तथा विभिन्न प्रारुपमा हामीलगायत आम न्यायप्रेमीहरुको सक्रिय साथ–सहयोगले यो आन्दोलनले सार्थकता प्राप्त गरेरै छाड्ने गहिरो अपेक्षा एवं विश्वाससहित सरकारलाई छिटै वार्ता–संवादद्वारा यसको ठोस समाधान दिन हार्दिक आग्रह गर्दछु ।’
आजपाले आरती साहलाई न्याय दिन माग गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण