बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रेबाट एनआरएनएले लिए नेपाली नागरिकता

बिहीबार, २३ कात्तिक २०८०, १८ : ३०
बिहीबार, २३ कात्तिक २०८०

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेबाट एक गैरआवासीय नागरिक (एनआरएनए)ले नेपाली नागरिकता लिएका छन् । बिहीबार काभ्रेबाट गैरआवासीय नेपालीले नागरिकता प्राप्त गरेका हुन् । 

कार्यालयले बनेपा–९ निवासी हाल क्यानडा  बसोबास गरिरहेका ६७ वर्षीय श्याम कृष्ण डंगोललाई नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले जानकारी दिइन् । । 

‘आजदेखि हामीले नागरिकता वितरण सुरु  गरेका हौ । आज पहिलो पटक गैरआवासिय नागरिकता श्याम कृष्ण डंगोललाई वितरण गरियो । यो क्रम निरन्तर रुपमा चल्नेछ,’  प्रमुख जिल्ला अधिकारी शर्माले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप