अख्तियारको सुझाव कार्यान्वयन गर्न संघीय मामिलाको परिपत्र
काठमाडौँ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको २२ बुँदे सुझाव कार्यान्वयन गर्न आफ्ना मातहतका कार्यालयलाई परिपत्र गरेको छ । आयोगले स्थानीय तहमा भ्रष्टाचार बढ्दै गएको भन्दै सुधार गर्न आवश्यक पहल थाल्न सुझाव दिएको थियो ।
स्थानीय तहले बजेट बनाउँदा प्रक्रियाभन्दा बाहिरबाट आयोजना समावेश गरेर बजेट बिनियोजन गर्नु प्रचलित आर्थिक कार्यविधि तथा वित्तिय उदरदाहित्व सम्बन्धी ऐन÷नियम विपरित हुने र त्यस्तो कार्यका लागि सम्बन्धित अधिकारी जिम्मेवार हुने हुँदा त्यस्तो कार्य नगर्न÷नगर्न आयोगले सुझाव दिएको थियो । आयोगले स्थानीय तहले बजेट तर्जुमा गर्दा आयोजना र कार्यक्रमको तल्लो सीमा कायम गरी बजेट तथा कार्यक्रम कार्यनवयनमा अनुशासन कायम गर्न भनेको छ ।
तीनै तहको सरकारले आयोजना बनाउँदा दोहोरोपनाको प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने सुझाव आयोगको थियो । कायक्रम छनौट गर्दा लागतमैत्री, प्रतिफलयुक्त र लाभग्राहीको जीवनस्तर उकास्ने प्रकृतिको हुनुपर्ने तर्फसमेत आयोगले ध्यानाकर्षण गराएको थियो । आयोगले गत सातामात्रै सुझाव कार्यान्वयनका लागि अर्थ मन्त्रालयलाई परिपत्र गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण