नेपाली श्रमिकलाई खान बस्न समेत नदिन साउदीको कम्पनी कालो सूचीमा
काठमाडौँ । वैदेशिक रोजगार विभागले साउदी अरेबियाको एक कम्पनीलाई कालो सूचीमा राखेको छ । नेपाली श्रमिकलाई २ महिनासम्म तलब नदिएको र अन्य सेवा सुविधा समेत नदिएको भन्दै साउदीको अब्दुल्लाह बिन ईस्सा बिन हमाद अल विइदन जेनेरल अन्ट्र्याक्टिङ नामक कम्पनीलाई कालो सूचीमा राखेको हो ।
त्यस्तै नेपाली कामदार पठाउने दैलेख ओभरसिजलाई अर्को व्यवस्था नभएसम्मको लागि निलम्बन गरिएको विभागले जनाएको छ । विभागका निर्देशक लोकनाथ भुसालले विभागका महानिर्देशक मदन दाहाल तथा नेपाली राजदूतावासको टोलीले स्थलगत अनुगमन गरेको थियो ।
स्थलगत अनुगमनको क्रममा कामदारहरूलाई काम नदिई एउटै कोठामा २०२५ जनालाई राखेको, खान बस्न तथा तलब सुविधा नदिएको, केही कामदार बिरामी परेको देखिएको थियो । अनुगमनपछि कम्पनीका संचालकलाई अबिलम्ब समस्या समाधान गर्न निर्देशन समेत दिइएको र समस्या समाधान नहुँदासम्मको लागि निलम्बन तथा कालो सूचीमा राखिएको निर्देशक भुसालले बताए ।
विभागका महानिर्देशक दाहालसहितको टोली केही समय अगाडि साउदी लगायतका देशको भ्रमणमा गएको थियो । साउदीमा रहेका नेपालीका समस्या धेरै आउन थालेको भन्दै विभागको टोली स्थलगत अनुगमनका लागि गएको थियो । सोही क्रममा दूतावासका पीडित श्रमिकहरूले दिएको उजुरीको आधारमा महानिर्देशक दाहालसहितको टोली अनुगमनको लागि गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण