सचिव शर्माको उद्योग मन्त्रालयमा सरुवा (मन्त्रिपरिषदका १८ निर्णयसहित)
काठमाडौँ । सरकारले सचिव नारायणप्रसाद शर्माको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुदुरपश्चिम प्रदेशको प्रमुख सचिवका रुपमा कार्यरत रहेका शर्मालाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रलायमा सरुवा गरेको हो ।
त्यस्तै सरकारले सहसचिव डा.हरिप्रसाद लम्साललाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको प्रमुख सचिवका रुपमा कायम गरेको छ । त्यस्तै बैठकले एसियाली विकास बैंकबाट बजेटरी सहायताको रुपमा प्राप्त हुने १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ । बैठकले विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड पनि संशोधन गर्ने निर्णय गरेको छ ।
बिहीबारकै बैठकले नेपाल र कतारबीचको युवा तथा खेलकूदसम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने निर्णय गरेको छ भने जैविक विविधता एवम् प्रजाति संरक्षणको दृष्टिले महत्वपूर्ण पाँच औंले लगायतका अन्य जडीबुटी तथा रुख प्रजातिहरूको संकलन, कटान, उपभोग, ओसारपसार, बिक्री वितरण वा विदेश निकासीमा प्रतिबन्ध लगाउने सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण