बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिविको उपकुलपति सिफारिसका लागि कमिटी गठन

शुक्रबार, २४ कात्तिक २०८०, १६ : ३८
शुक्रबार, २४ कात्तिक २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिसका लागि शिक्षामन्त्रीको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन भएको छ ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईका अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा.चन्द्रकला घिमिरे रहेकोे कमिटी गठन गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

त्रिविका उपकुलपति डा.धर्मकान्त बास्कोटाको कार्यकाल यही कात्तिक १८ गते सकिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप