सिरियामा तैनाथ शान्ति सैनिकहरुको अदलीबदली
शुक्रबार, २४ कात्तिक २०८०, १९ : ४९
काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा सिरियामा खटिएका नेपाली शान्ति सैनिकहरु फेरबदल भएका छन् । सिरियाको लागी फोर्स हेड्क्वार्टर सपोर्ट युनिट १२ औँ डफ्फा, मेकनाइज्ड इन्फेन्ट्री गुल्म सातौँ डफ्फा, इन्जिनियर से.मु आठौँ डफ्फा, लेबल १ अस्पताल पाँचौँ डफ्फा र क्लोज प्रोटेक्सन युनिटको चौथो डफ्फा बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
सिरियामा गएका २३४ जना नेपाली शान्ति सैनिकको नेतृत्व प्रमुख सेनाली सुनिल कुमार मल्लले गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
शान्ति सैनिहरु इथोेपियन एयरलाईन्सको चाटर्ड विमानद्वारा मिसन इलामा पुगेका हुन ।
सिरियामा यसअघि खटिएका २५८ जना सैनिक आफ्नो कार्यअवधि पुरा गरेर सेनानी देव गुरुङको नेतृत्वमा कार्तिक २३ मा नेपाल फर्केका छन् । अहिले सिरिया मिसनमा ४१५ जना सैनिक कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण