बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बेथानचोकद्वारा खेलाडीलाई नगद ५० हजार पुरस्कार

शुक्रबार, २४ कात्तिक २०८०, २० : ४४
शुक्रबार, २४ कात्तिक २०८०

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकाले पदक विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । गत अक्टोबर १९ देखि २१ तारिखसम्म बंगलादेशमा आयोजित प्रथम बंगबन्धु अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा व्यक्तिगत तर्फसमेत गरी प्रतियोगितामा २ वटा पदक जितेका स्थानीय एक खेलाडीलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको हो ।

शुक्रबार गाउँपालिकाले बेथानचोकका विष्णु खत्रीलाई नगद ५० हजार रुपैयाँसहित प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेको छ । बेथानचोक–५ भंगालाका खत्रीले नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै तेक्वान्दो तर्फको पुम्सेमा रजत पदक हात पार्न सफल भएका थिए भने टिम पुम्सेमा खत्रीसहित लेखबहादुर गुरुङ र गंगाराम आचार्यले कांस्य पदक जितेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले विश्वस्तरको प्रदर्शन गर्दै गाउँपालिकाको मात्र नभई देशकै गरिमा बढाएकोमा धन्यवाद व्यक्त गरे । उनले  खेलकुदको विकासका लागि गाउँपालिकाले प्राथमिकताका साथ लगानी गर्ने बताए । स्थानीय स्तरमा रहेका प्रतिभा उत्पादन र प्रोत्साहनका गाउँपालिकाले खेलकुदका गतिविधिलाई निरन्तर अघि बढाउने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप