म्याग्दे गाउँपालिकाद्वारा सामुदायिक विद्यालयलाई बस हस्तान्तरण
दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले सामुदायिक विद्यालयलाई बस हस्तान्तरण गरेको छ । गाउँपालिका–३ स्थित जनगणपति माध्यमिक विद्यालयलाई ४० प्रतिशत अनुदानमा बस हस्तान्तरण गरेको हो ।
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन गाउँपालिकाको ४० र विद्यालयको ६० प्रतिशत लगानीमा बस खरिद गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । उनले भने, “सामुदायिक विद्यालयमा विद्यार्थी टिकाइराख्न विद्यालयलाई बस हस्तान्तरण गर्ने योजना बमोजिम हालसम्म चार वटा बस सहयोग गरिएको छ ।”
यसअघि गाउँपालिका–१ स्थित महेन्द्र माध्यमिक विद्यालय र वडा नम्बर २ स्थित राधा माध्यमिक विद्यालयलाई बस हस्तान्तरण गरिसकेको छ ।
गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयलाई बस सञ्चालनका लागि ४० प्रतिशत अनुदान दिने नीति ल्याएको थियो । सोही नीतिअनुसार विद्यालयलाई बस सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीको वातावरणमा सहजरुपमा पढाई होस् भन्ने हेतुले गाउँपालिकाले ४० प्रतिशत अनुदान दिएर अन्य दायित्व विद्यालयले बेहोर्ने गरी बस खरिद गरिएको उनको भनाइ छ ।
विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न, विद्यार्थीलाई सहजताका साथ विद्यालयमा आउने वातावरण बनाउन विद्यालयमा अनुदान दिने कार्यक्रम प्रभावकारी भएको उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।
यो कार्यक्रमलाई दिगोरुपमा कार्यन्वयन गर्नका लागि विद्यालयले आन्तरिक नियन्त्रण प्रणालीमा विशेष ध्यान दिनुपर्ने र लक बुकको सुरुवात गरी सबै विवरण राख्नुपर्ने उनले बताए । वडा नम्बर ४ स्थित मिन माध्यमिक विद्यालयले गत वर्ष नै बस खरिद गरी सञ्चालनमा ल्याइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउन प्रयास भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड
-
जनकपुरस्थित सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ
-
वर्ल्डलिंकले दायर गरेको सबै मुद्दा खारेज, राज्यलाई २ अर्ब बुझाउनुपर्ने
-
मधेसमा ४ दल मिलेर सरकार गठन गर्ने, मुख्यमन्त्रीमा सहमति हुन बाँकी
-
नेपाल बैंकको सुरक्षा गार्डको हत्या आरोपमा सशस्त्रका पूर्वजवान पक्राउ
-
मधेस प्रदेश : एमाले र माओवादी केन्द्रद्वारा समर्थन फिर्ता, जसपा नेपाललाई झट्का