बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

टससँगै पाकिस्तानको सेमिफाइनलमा पुग्ने सम्भावना लगभग समाप्त

शनिबार, २५ कात्तिक २०८०, १४ : ००
शनिबार, २५ कात्तिक २०८०

कोलकाता । आईसीसी एकदिवसीय विश्वकपको समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्डले टस जित्दै पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । 

टससँगै पाकिस्तान विश्वकपबाट बाहिर भएको छ । इंग्ल्याण्डले टस जितेर ब्याटिङ गरेसँगै इंग्ल्याण्डले प्रस्तुत गरेको लक्ष्य पाकिस्तानले १६ देखि २२ बलमा पछ्याउनुपर्नेछ । जुन असम्भव हो ।

श्रीलंकामाथि न्युजिल्यान्डको ठुलो जितको अर्थ पाकिस्तानले सेमिफाइनलमा पुग्न निकै कठिन समीकरणलाई पार गर्नुपर्ने छ । टोलीले जितेर मात्रै नभई नेट रन रेट न्युजिल्यान्डभन्दा राम्रो हुनसक्ने ठुलो अन्तरले हुनुपर्छ ।

अहिले समीकरण यस्तो छ कि यदि इंग्ल्यान्डले पहिले खेल्दै ३०० रन बनायो भने पाकिस्तानले मात्र ६.१ ओभरमा लक्ष्य पूरा गर्नुपर्नेछ। यसको मतलब पाकिस्तानी ब्याट्सम्यानले प्रत्येक बलमा ६ रन बनाए पनि त्यति ओभरमा २२२ रन मात्रै बनाउन सक्नेछन् । पाकिस्तानले इंग्ल्याण्डलाई १०० रनमा अलआउट गरे पनि २.५ ओभरमा लक्ष्य पूरा गर्नुपर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप