टससँगै पाकिस्तानको सेमिफाइनलमा पुग्ने सम्भावना लगभग समाप्त
कोलकाता । आईसीसी एकदिवसीय विश्वकपको समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्डले टस जित्दै पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
टससँगै पाकिस्तान विश्वकपबाट बाहिर भएको छ । इंग्ल्याण्डले टस जितेर ब्याटिङ गरेसँगै इंग्ल्याण्डले प्रस्तुत गरेको लक्ष्य पाकिस्तानले १६ देखि २२ बलमा पछ्याउनुपर्नेछ । जुन असम्भव हो ।
श्रीलंकामाथि न्युजिल्यान्डको ठुलो जितको अर्थ पाकिस्तानले सेमिफाइनलमा पुग्न निकै कठिन समीकरणलाई पार गर्नुपर्ने छ । टोलीले जितेर मात्रै नभई नेट रन रेट न्युजिल्यान्डभन्दा राम्रो हुनसक्ने ठुलो अन्तरले हुनुपर्छ ।
अहिले समीकरण यस्तो छ कि यदि इंग्ल्यान्डले पहिले खेल्दै ३०० रन बनायो भने पाकिस्तानले मात्र ६.१ ओभरमा लक्ष्य पूरा गर्नुपर्नेछ। यसको मतलब पाकिस्तानी ब्याट्सम्यानले प्रत्येक बलमा ६ रन बनाए पनि त्यति ओभरमा २२२ रन मात्रै बनाउन सक्नेछन् । पाकिस्तानले इंग्ल्याण्डलाई १०० रनमा अलआउट गरे पनि २.५ ओभरमा लक्ष्य पूरा गर्नुपर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण