शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीबाट ११ जना जुवाडे पक्राउ

शनिबार, २५ कात्तिक २०८०, १७ : ०९
शनिबार, २५ कात्तिक २०८०

सर्लाही । सर्लाहीमा जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईश्वरपुर नगरपालिका-५ सखबनि बस्ने सार्कीमान तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ नगरपालिका-५ बस्ने २८ वर्षीय कृष्ण मगरसहित ११ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ६ सय ५ रुपैयाँ र ८ बुक ताससहित फेला पारेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप