काठमाडौँ र भक्तपुरमा लाखौँको धनमाल चोरी
काठमाडौँ । काठमाडौँ र भक्तपुर जिल्लामा लाखौँ बराबरको धनमाल चोरी भएको छ ।
काठमाडौँ महानगरपालिका-२ लाजिम्पाटस्थित माईक रेष्टुरेण्टको क्यास काउण्टरबाट करिब नगद २ लाख ५० हजार रुपैयाँ शुक्रबार दिउँसो चोरी भएको हो । साथै आवश्यक सोधपुछको लागि प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ ।
उता भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ सानोठिमी डेरा गरी बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-६ घर भएका २४ वर्षीय विष्णु बस्नेतको कोठाबाट नगद २ लाख रुपैयाँ र सुनका गहना गरी करिब ३ लाख ४ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ । यसैगरी सोही नगरपालिका-२ सानोठिमी दिब्यश्वरी प्लानिङ बस्ने ४९ वर्षीय युवराज अधिकारीको घरबाट नगद ६० हजार रुपैयाँ, १६ हजार भारतीय रुपैयाँ र विभिन्न सुन तथा हिराका गर-गहना गरी करिब २० लाख ७७ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार बेलुकी चोरी भएको छ ।
यसै गरी झापाको अर्जुनधारा नगरपालिका-९ कटहरेडाँडा मिलन चोक बस्ने सीता आचार्यको घरबाट सुनको तिलहरी २ थान, औँठी १ थान, १.५ तोलाको कानमा लगाउने कुण्डल ५ वटा, चाँदीका गरगहनाहरू र नगद ७ हजार रुपैयाँ समेत गरी करिब २ लाख रुपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
-
एआई प्रेमीमाथि कडाइ गर्दैछ चीन
-
पुनरावेदन दिएमा थुना बाहिरै बसेर मुद्दा लड्न पाउँछन् बालकृष्ण खाण
-
पुँजी बजार सुधारको स्पष्ट खाका खोज्दै सांसदहरू, अर्थ समितिद्वारा १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण