सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीका मुख्यमन्त्रीलाई देउसी भैलो टोलीको शुभकामना : प्रदेशलाई समृद्द बनाउनु, ५ वर्ष सरकार चलाउनु

शनिबार, २५ कात्तिक २०८०, १९ : ३९
शनिबार, २५ कात्तिक २०८०

पोखरा । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार सुरु भएको छ । तिहारको सुरुमै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकारी निवासमा शनिवार देउसी भैलो खेलिएको छ । गण्डकीका कलाकारहरुले पाण्डे निवासमा देउसी खेलेका हुन् ।

देउसी भैलोको टोलीले खासगरी प्रदेशको विकास र समृद्दिका लागि गीत र देउसी मार्फत शुभकामना दिए ।  ‘प्रदेशलाई समृद्द बनाउनु, पाँचै वर्ष सरकार चलाउनु,’ देउसी भैलो टोलीले भट्याए ।

पाण्डेलाई प्रदेशमाथि उठेका प्रश्नको जवाफ कामबाट दिन पनि उनीहरुले आग्रह गरेका छन् । 

देउसी भैलोमा कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने, कांग्रेसका उपनेता विन्दुकुमार थापा, सांसद सरस्वती गुरुङ, नीति तथा योजना आयोगका उपाध्यक्ष डा। कृष्णचन्द्र देवकोटा लगायत उपस्थित थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप