गण्डकीका मुख्यमन्त्रीलाई देउसी भैलो टोलीको शुभकामना : प्रदेशलाई समृद्द बनाउनु, ५ वर्ष सरकार चलाउनु
शनिबार, २५ कात्तिक २०८०, १९ : ३९
पोखरा । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार सुरु भएको छ । तिहारको सुरुमै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकारी निवासमा शनिवार देउसी भैलो खेलिएको छ । गण्डकीका कलाकारहरुले पाण्डे निवासमा देउसी खेलेका हुन् ।
देउसी भैलोको टोलीले खासगरी प्रदेशको विकास र समृद्दिका लागि गीत र देउसी मार्फत शुभकामना दिए । ‘प्रदेशलाई समृद्द बनाउनु, पाँचै वर्ष सरकार चलाउनु,’ देउसी भैलो टोलीले भट्याए ।
पाण्डेलाई प्रदेशमाथि उठेका प्रश्नको जवाफ कामबाट दिन पनि उनीहरुले आग्रह गरेका छन् ।
देउसी भैलोमा कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने, कांग्रेसका उपनेता विन्दुकुमार थापा, सांसद सरस्वती गुरुङ, नीति तथा योजना आयोगका उपाध्यक्ष डा। कृष्णचन्द्र देवकोटा लगायत उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण