काठमाडौँमा विद्युतीय माइक्रो बस सञ्चालनमा

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गत सिजी मोटर्सले बिक्री वितरण गर्दै आइरहेको किङ्लङ विद्युतीय माइक्रो बसहरू काठमाडौँका विभिन्न रुटहरूमा सञ्चालनमा आएका छन् । सञ्चालनमा आएका माइक्रो बसहरू बागमती प्रदेश सरकारको नीति तथा महानगरपालिकाको अवधारणा अनुसार पुराना डिजेल र ग्यासबाट चल्ने सार्वजनिक यातायातलाई विस्थापित गरेर नयाँ विद्युतीय सार्वजनिक यातायात चलाउने विधि अन्तर्गत पर्छ ।
एउटा डिजेल माइक्रो बस दैनिक १५०-२०० किमि चल्दा रु ५०००-७००० डिजेल खपत हुने देखिन्छ । सो हिसाबले काठमाडौँमा सञ्चालनमा रहेका ३००० डिजेल माइक्रोबस विस्थापित हुँदा दैनिक २ करोड १० लाख डिजेलको बचत हुन सक्ने बताइएको छ ।
किङ्लङ माइक्रो बस १४ र १९ सिटर गरी दुई मोडेलमा नेपाली बजारमा उपलब्ध छन् । विश्वको नम्बर १ ब्याट्री निर्माण कम्पनी सिएटिलद्वारा निर्मित ब्याट्रीको प्रयोग भएको गाडीमा एक पटक फुल चार्ज गर्दा ३०० किमि चल्ने कम्पनीले उल्लेख गरेको छ । १८० मिमी ग्राउन्ड क्लियरेन्स भएको गाडी नेपालको बाटो र माटो सुहाउँदो रहेको छ । हरेक ५ वटा गाडीमा एउटा फास्ट चार्जर दिँदै आएको जानकारी दिँदै कम्पनीले नेपाल भर ३० स्थान भन्दा धेरै ठाउँमा चार्जर स्थापना भैसकेको र थप ५० भन्दा धेरै ठाउँ मा चार्जर जडान गर्ने लक्ष्य लिएको जनाएको छ ।
काठमाडौँमा ३ ठाउँबाट सर्भिस सुविधा लिन सकिने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि एकमुस्ट ५० हजार दिने प्रधानमन्त्रीको घोषणा
-
अङ्ग्रेजी नयाँ वर्षमा फेवा किनारमा ‘पोखरा कप अन्तर क्लब’ भलिबल
-
श्रीलङ्कामा लघुवित्त संस्थालाई नियमन गर्न नयाँ कानुनको प्रस्ताव
-
कोरियाले माग्यो उत्पादनमूलक क्षेत्रका लागि १५ हजार भन्दा बढी नेपाली कामदार
-
नमस्ते पे मार्फत प्रत्येक उडान टिकट खरिदमा रु १०० क्यासब्याक
-
राष्ट्रव्यापी वक्तृत्वकलामा रिलायन्स कलेजको क्लिन स्वीप