मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

‘रङ्गेली’को पोस्टरमा यस्तो लुक्समा देखिए दयाहाङ

आइतबार, २६ कात्तिक २०८०, १२ : ०७
आइतबार, २६ कात्तिक २०८०

काठमाडौँ । आगामी फागुन २५ गते महाशिवरात्रिको अवसर पारेर रिलिज हुन लागेको फिल्म ‘रङ्गेली’ को फष्टलुक सार्वजनिक गरिएको छ । तिहारको अवसर पारेर  सार्वजनिक फष्टलुकमा अभिनेता दयाहाङ राई मात्र देखिएका छन् । पोस्टरमा अभिनेता राईलाई ‘विजय’ नामबाट परिचय गराइएको छ ।

अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको ‘रङ्गेली’ मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको अभिनय छ ।

जितेन्द्र खतिवडा र अनुजजङ्ग थापा कार्यकारी निर्माता रहेको फिल्मका निर्माता संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता रहेका छन् । 

अस्ट्रेलिया र अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर हुने फिल्म अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकमा एकसाथ रिलिज हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप