‘रङ्गेली’को पोस्टरमा यस्तो लुक्समा देखिए दयाहाङ
आइतबार, २६ कात्तिक २०८०, १२ : ०७
काठमाडौँ । आगामी फागुन २५ गते महाशिवरात्रिको अवसर पारेर रिलिज हुन लागेको फिल्म ‘रङ्गेली’ को फष्टलुक सार्वजनिक गरिएको छ । तिहारको अवसर पारेर सार्वजनिक फष्टलुकमा अभिनेता दयाहाङ राई मात्र देखिएका छन् । पोस्टरमा अभिनेता राईलाई ‘विजय’ नामबाट परिचय गराइएको छ ।
अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको ‘रङ्गेली’ मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको अभिनय छ ।
जितेन्द्र खतिवडा र अनुजजङ्ग थापा कार्यकारी निर्माता रहेको फिल्मका निर्माता संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता रहेका छन् ।
अस्ट्रेलिया र अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर हुने फिल्म अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकमा एकसाथ रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण