धनगढी उपमहानगरपालिकाद्वारा २ स्थानमा फूल बिक्री केन्द्र स्थापना
धनगढी । धनगढी उपमहानगरपालिकाले २ स्थानमा फूल बिक्री केन्द्र स्थापना गरेको छ । स्थानीय किसानले उत्पादन गरेको सयपत्र, मखमली लगायत फूलको प्रवद्र्धन तथाा सहज रुपमा खरिद बिक्री गर्न पाउने उद्देश्यले फूल बिक्री केन्द्र स्थापना गरिएको हो ।
धनगढी उप–महानगरपालिका परिसर अगाडि र बोराडाँडीस्ति भाटभटेनी सुपर मार्केटमा फूल बिक्री केन्द्र आइतबारदेखि सुरु भएको नगरप्रमुख गोपाल हमालले जानकारी दिए । यो सँगै नगरवासीले तिहारलगायत प्रायोजनको लागि फूल खरिद गर्न पाउने भएका हुन् ।
यस वर्ष धनगढीका झण्डै एक दर्जन किसानले व्यवसायीक रुपमा फूल खेती गरेका छन् । उत्पादित फूल तिहारको समयमा सहज र भरपर्दो रुपमा बिक्री गर्न केन्द्र नै स्थापना गरिदिएर किसानले उत्पादन गरेका फूल बिक्री वितरणमा उपमहानगरले सहयोग गरेको हो ।
यसैबीच उपमहानगरपालिकाले प्लास्टिकका कृत्रिम फूलमाला आयात र विक्री वितरणमा रोक लगाएको छ । जसले गर्दा फूल उत्पादक किसान उत्साहित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण