सरकारले भूकम्प प्रभावितलाई राहत पठाउन उपेक्षा गरेको छैन : गृहमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावितहरुका लागि राहत पठाउन सरकारले उपेक्षा नगरेको बताएका छन् । आइतवार विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको १९ औँ बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जाजरकोट, रुकुम पश्चिम र बझाङका भूकम्प प्रभावितहरुका लागि राहत पठाउन सरकारले उपेक्षा नगरेको स्पष्ट पारेका हुन् ।
उनले आफुहरुले भूकम्पपछि कत्ति पनि ढिलो नगरी त्रिपाल, टेन्ट, म्याट्रेस, ब्ल्याङ्केट र खाद्यान्नहरु पठाएको र पठाउने क्रम जारी रहेको बताए ।
‘हामीले एक क्षण, एक सेकेण्ड ढिलो नगरीकन पठाउन सकिने सम्पूर्ण त्रिपाल, टेन्ट, म्याट्रेस, ब्ल्याङ्केट, खाद्यान्नहरु पठाइराखेका छौँ । राहतमा हाम्रो ध्यान गएको छ । हाम्रो साधन, स्रोतले भ्याएसम्मका सामानहरुको हकमा हामीले व्यवस्था गरेका छौँ तर पु¥याउने साधन त चाहियो । स्काइ भ्यान प्रयोग गरेपनि सुर्खेतसम्म जान्छ । सबै ठाउँमा जाँदैन । सुर्खेतबाट क्यारी गर्नैपरयो’ उनले भने– ‘सरकारले जतिसुकै तदारुकता देखाएपनि एकैचोटी पहिलो दिन सबै ठाउँमा त्रिपाल, सबै ठाउँमा म्याट्रेस, सबै ठाउँमा ब्याङ्केट पुर्याउन सक्ने स्थितिमा हुँदैनौँ । तर सरकारले कति पनि उपेक्षा गरेको छैन ।’
गृहमन्त्री श्रेष्ठले सरकारसँग भएको साधन र स्रोतकाअनुसार राहत पठाइरहेको बताए । उनले आवश्यकताअनुसार चिकित्सक, स्वास्थ्य उपकरण र औषधिहरु पनि उपलब्ध गराइएको जानकारी दिए ।
उनले भने, ‘हामीसँग भएको साधन, स्रोतको आधारमा सम्पूर्ण ध्यान त्रिपाल, म्याट्रेस, ब्ल्याङ्क्वेट र खाद्यान्न पुर्याउने र डाक्टरहरुको आवश्यकताअनुसार उपलब्ध गराउने स्वास्थ्य उपकरण, औषधि उपलब्ध गराउने काम गरेका छौँ । यो कुरा विश्वसनीय ढंगले म सबैलाई जानकारी गराउन चाहन्छु ।’ उनले अस्थायी आवास बनाउनका लागि ढिलो गर्नु नहुने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण