पुन समाजले जित्यो पोखराको देउसी भैलो प्रतियोगिता
पोखरा । पोखरामा भएको देउसी भैलो प्रतियोगिताको उपाधि पुन समाजले जितेको छ । मौलिक देउसी भैलोलाई प्रोत्साहन गर्नका लागि पोखरा टेलिभिजनले देउसी भैलो प्रतियोगिता आयोजना गरेको हो । विभिन्न ठाउँबाट छनोट भएको उत्कृष्ट ७ प्रतियोगी मध्ये पुन समाज च्याम्पियन भएको हो ।
समाजले १५ हजार नगदसहित ट्रफी जितेको छ । नेपाल मगर संघ रामबजार इकाइ समिति, बाग्लुङ घुम्टे मगर समाज, पुन समाज, क्षेत्री समाज, लेखनाथ नेवा मिसा पुचः, सिद्धार्थ तमु समाज र गन्धर्व आमा समूहले प्रतिस्पर्धा गरेका थिए । सबै समूहले ५ हजार नगदसहित प्रमाण पत्र पाएका आयोजक पोखरा टिभीका प्रबन्ध निर्देशक माधव पनेरुले बताए ।
पुरस्कार हस्तान्तरण गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले मौलिक संस्कृति हराउँदै गएकोमा सबै पक्षले संरक्षणमा ध्यान दिनुपर्ने बताइन् । ‘आज भोलिको देउसी देउसीजस्तै छैन । स्पिकर बजाएर नाच्दै देउसी भैलो भन्छन्,’ उनले भनिन्, ‘मौलिक प्रकृतिको संस्कार संरक्षणमा हामी सबै लाग्नुपर्छ । मिडियाको अझै बढी भूमिका छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण