पाकिस्तानको पञ्जाबमा बस र कार ठोक्किँदा ५ जनाको मृत्यु, ८ घाइते
आइतबार, २६ कात्तिक २०८०, २० : ४९
इस्लामाबाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको फैसलाबाद जिल्लामा आइतबार बस र कार एक आपसमा ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । सो घटनामा अन्य आठ जना घाइते भएको पनि उद्धार सेवाले जनाएको छ।
यात्रुवाहक बसले लिंक रोडबाट आएको कारलाई ठक्कर दिँदा खुर्रियावाला सडकमा दुर्घटना भएको उद्धार सेवाले जनाएको छ ।
ठोक्किएपछि बसले सडकको डिभाइडर पार गरेर सडकको अर्को छेउमा रहेको ट्याक्टरको ट्रलीलाई ठक्कर दिएको थियो । त्यसपछि सडकको छेउमा रहेको होटलमा ठोक्किएर कारमा सवार चारजना र बस चालकको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
दुर्घटनालगत्तै घाइते पाँच जना यात्रुलाई अस्पताल लगिएको छ ।
दुर्घटनाग्रस्त बस पञ्जाबको प्रान्तीय राजधानी लाहोरबाट उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको कोहिस्तान जिल्ला जाँदै थियो।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण