बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानको पञ्जाबमा बस र कार ठोक्किँदा ५ जनाको मृत्यु, ८ घाइते

आइतबार, २६ कात्तिक २०८०, २० : ४९
आइतबार, २६ कात्तिक २०८०

इस्लामाबाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको फैसलाबाद जिल्लामा आइतबार बस र कार एक आपसमा ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।  सो घटनामा अन्य आठ जना घाइते भएको पनि उद्धार सेवाले जनाएको छ।

यात्रुवाहक बसले लिंक रोडबाट आएको कारलाई ठक्कर दिँदा खुर्रियावाला सडकमा दुर्घटना भएको उद्धार सेवाले जनाएको छ ।

ठोक्किएपछि बसले सडकको डिभाइडर पार गरेर सडकको अर्को छेउमा रहेको ट्याक्टरको ट्रलीलाई ठक्कर दिएको थियो । त्यसपछि सडकको छेउमा रहेको होटलमा ठोक्किएर कारमा सवार चारजना र बस चालकको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

दुर्घटनालगत्तै घाइते पाँच जना यात्रुलाई अस्पताल लगिएको छ ।

दुर्घटनाग्रस्त बस पञ्जाबको प्रान्तीय राजधानी लाहोरबाट उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको कोहिस्तान जिल्ला जाँदै थियो।-(रासस-सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप